मनाङमा चामलको माग बढ्यो

हिमाल प्रेस २३ असार २०८३ १७:२१ | Tuesday, July 7, 2026
16
SHARES
मनाङमा चामलको माग बढ्यो प्रतिनिधिमूलक तस्बिर।

मनाङ- चामलको माग बढेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयमार्फत सञ्चालन गरिएको ‘जनता बिक्री कार्यक्रम’ मार्फत चामलेको बिक्री गरिएको छ।

जिल्लामा सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममार्फत चामल, चिनी, दाल, खाद्य तेलको उल्लेखनीय बिक्री भएको शाखा कार्यालयका प्रमुख रामाशङ्कर कुशवाहाले जानकारी दिए।

तथ्याङ्कअनुसार २०८३ असार २१ गतेसम्म जनता बिक्रीअन्तर्गत स्टिम जिरा मसिनो चामल ४४२.७५ क्विन्टल बिक्री भएको छ।

अन्नपूर्ण सोना मन्सुली चामल ३०३.५० क्वीन्टल, एफआर सोना मन्सुली चामल ११२ क्वीन्टल, एफआर स्टिम जिरा मसिनो चामल ८८.७५ क्विन्टल, लङ्ग ग्रेन चामल १३.८५ क्वीन्टल र बासमती चामल छ क्वीन्टल बिक्री भएको कुशवाहाले जानकारी दिए।

‘चामलको माग बढी छ। जिल्लामा  धान उत्पादन हुँदैन। जसले गर्दा यहाँ चामलको माग उच्च रहेको छ’ , उनले भने, ‘मागअनुसार सहुलियत मूल्यमा खाद्य सामग्री उपलब्ध हुँदा स्थानीयवासीलाई सहज भएको छ।’ यसका साथै दैनिक उपभोग्य वस्तुमध्ये चिनी २४०.४० क्वीन्टल बिक्री भएको छ।

रातो मुसुरो दाल ४६.९१ क्वीन्टल, मास दाल २०.२२ क्वीन्टल, चना ६.८९ क्वीन्टल, पिठो १३.२५ क्वीन्टल, मैदा २.७६ क्वीन्टल तथा रहर दाल २.१० क्वीन्टल जनता बिक्रीमार्फत उपभोक्तासम्म सकिएको उनले बताए।

जिल्लामा सुरुची सनफ्लावर तेल सात हजार ६६४ लिटर बिक्री भएको छ।  सुरुची तोरीको तेल एक हजार ४३३ लिटर र भटमासको तेल एक हजार ४३८ लिटर बिक्री भएको छ। शान्ति तोरीको तेल १९ लिटर तथा डिडिसी घ्यू ६६ किलोग्राम बिक्री भएको कार्यालयले जनाएको छ।

मसला तथा अन्य उपभोग्य सामग्रीतर्फ चिउरा ८.८३ क्वीन्टल, जिरा दाना १.८ क्वीन्टल, विभिन्न प्रकारका चिया, बेसार, धनियाँ, खुर्सानी पाउडर तथा स्थानीय उत्पादन पनि बिक्री भएको छ।

‘सात प्रकारका चामल, चार प्रकारका दाल, चार प्रकारका पिठो, चार प्रकारका खाने तेल, १० प्रकारका मसला, डिडिसी घ्यू, चिउरा, गेडागुडी, चिनी, बिस्कुट, चाउचाउलगायत ५९ प्रकारका खाद्य सामग्री उपलब्ध गराउँदै आएका छौँ’उनले भने।

प्रकाशित: २३ असार २०८३ १७:२१ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast