साताको पहिलो कारोबारमै नेप्सेमा गिरावट, सबै १३ उपसमूह राताम्मे

हिमाल प्रेस २२ असार २०८३ १६:४१ | Monday, July 6, 2026
2
SHARE
साताको पहिलो कारोबारमै नेप्सेमा गिरावट, सबै १३ उपसमूह राताम्मे

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार लगातार दोस्रो कारोबार दिन पनि घटेको छ। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २६.२९ अंकले घटेर २,६२७.११ अंकमा बन्द भएको हो।

कारोबार सुरु भएलगत्तै नेप्से नकारात्मक दिशामा प्रवेश गरेको थियो र अधिकांश समय ओरालो यात्रामै रह्यो। कारोबारका क्रममा परिसूचक २,६२४.२५ अंकसम्म झरेको भए पनि त्यसपछि केही सुधार हुँदै अन्त्यमा अघिल्लो कारोबार दिनको तुलनामा ०.९९ प्रतिशतले घटेर बन्द भयो।

सोमबारको कारोबारमा अधिकांश कम्पनीहरूको सेयर मूल्य घट्यो। कुल २३९ कम्पनीको सेयर मूल्य घट्दा ३४ कम्पनीको मूल्य बढ्यो भने ४ कम्पनीको मूल्य स्थिर रह्यो।

कुल कारोबार रकम पनि घटेर ३ अर्ब ५५ करोड रुपैयाँमा सीमित भयो। अघिल्लो कारोबार दिन ४ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको थियो। यस दिन ७५ लाख ४० हजार कित्ता सेयर ४६ हजार २४६ वटा कारोबारमार्फत खरिदबिक्री भएका थिए।

व्यक्तिगत कम्पनीतर्फ स्नो रिभर्स लिमिटेड र सानिगाड हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढ्यो। त्यसपछि कलंगा हाइड्रोपावर लिमिटेडको सेयर १४.९८ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको सेयर ११.५५ प्रतिशतले उकालो लाग्यो।

यता थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १३.७९ प्रतिशतले घट्यो। त्यसपछि नेपाल फाइनान्स लिमिटेडको सेयर ११.६४ प्रतिशत र खनिखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर ९.७२ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा ८.५ प्रतिशत नेपाल इन्भेस्टमेन्ट बैंक डिबेन्चर २०८४ सबैभन्दा बढी कारोबार भएको धितोपत्र बन्यो। यसको कारोबार ५३ करोड ९४ लाख ५० हजार रुपैयाँ बराबर भयो।

त्यसपछि सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको १५ करोड ५७ लाख २० हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १२ करोड ८४ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भयो।

सोमबार कारोबार भएका सबै १३ उपसमूहका परिसूचकहरू घटेका छन्। तीमध्ये ट्रेडिङ उपसमूह सबैभन्दा धेरै ३.१५ प्रतिशतले घट्यो। त्यसपछि फाइनान्स उपसमूह १.२५ प्रतिशत र उत्पादन तथा प्रशोधन (म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ) उपसमूह १.१७ प्रतिशतले घटेका छन्।

प्रकाशित: २२ असार २०८३ १६:४१ | Monday, July 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast