सभामुख डोलप्रसाद अर्याल/फाइल तस्बिर
काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुनहरु निर्माण गर्ने बताएका छन्।
काठमाडौँको चन्द्रागिरी नगरपालिका–१३ स्थित कंकाली माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले कानुन निर्माणको मुख्य स्थानमा आफू रहेको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकतालाई सम्बोधन हुने गरी कानुन निर्माण गरिने बताए।
बयालिस वर्ष अघि चार जना विद्यार्थीबाट सुरु भएको यस विद्यालयमा भएको पूर्वाधार र शैक्षिक विकासको प्रशंसा गर्दै काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित अर्यालले विद्यालयको उन्नयनका लागि शुभकामना व्यक्त गरे।
नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य भूमिका श्रेष्ठले आगामी दिनमा विद्यालयको थप प्रगतिको शुभकामना दिँदै आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
विद्यालयका प्राधानाध्यापक विष्णु पनेरुले विद्यालयले चार दशकमा प्राप्त गरेको उपलब्धिको चर्चा गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षाका लागि विद्यालयले थप मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे।




