कहाँ कहाँ पर्दैछ पानी?

हिमाल प्रेस २१ असार २०८३ १३:४१ | Sunday, July 5, 2026
14
SHARES
कहाँ कहाँ पर्दैछ पानी? पानी परेपछि ढाकिएको त्रिवि क्रिकेट मैदान

काठमाडौँ– गत २४ घण्टामा देशका विभिन्न भूभागमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सबैभन्दा धेरै वर्षा कर्णाली प्रदेशको रुकुम-पश्चिम (पिपलचौर) मा १८७.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

गण्डकी प्रदेशका कास्की जिल्लाको लुम्ले र स्याङ्जा जिल्लाको पञ्चमूल केन्द्रमा क्रमशः १३६ मिलिमिटर र १४४ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

 

प्रकाशित: २१ असार २०८३ १३:४१ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast