बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

हिमाल प्रेस २१ असार २०८३ १२:३१ | Sunday, July 5, 2026
4
SHARES
बालेन सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारको प्रयास प्रारम्भिक चरणमा रहेको व्याख्या गर्दै सरकारको वास्तविक परीक्षा अब त्यसको कार्यान्वयन र त्यसबाट प्राप्त हुने परिणाममा निर्भर हुने टिप्पणी गरेका छन्।

सरकारको पहिलो १०० दिनलाई सुशासन र संस्थागत सुधारको प्रयास प्रारम्भिक चरणमा रहेको व्याख्या गर्दै सरकारको वास्तविक परीक्षा अब त्यसको कार्यान्वयन र त्यसबाट प्राप्त हुने परिणाममा निर्भर हुने टिप्पणी गरेका छन्।

सरकारको सय दिने कार्यको समीक्षा र त्यसप्रति टिप्पणी गर्दै आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष यादवले सरकारको पहिलो १०० दिन सुशासनमा सुधार, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक पुनर्संरचना तथा राज्य संयन्त्रलाई प्रभावकारी बनाउने प्रयासमा केन्द्रित रहेको उल्लेख गरेका छन्।

उनका अनुसार सरकारले ठूला लोककल्याणकारी कार्यक्रमभन्दा शासन प्रणाली सुधार र संस्थागत परिवर्तनलाई प्राथमिकतामा राखेर अघि बढ्नुलाई सकारात्मक कदमको रूपमा लिएका छन् ।

यद्यपि, अहिले नै सरकार सफल वा असफल भएको निष्कर्ष निकाल्नु हतारो हुने भन्दै अध्यक्ष यादवले सरकारले अघि सारेको नीति, सुधार र निर्णयहरू कतिको प्रभावकारी रूपमा कार्यान्वयन हुन्छन् र त्यसले नागरिकको दैनिक जीवनमा के कस्तो परिवर्तन ल्याउँछ भन्ने आधारमै सरकारको दीर्घकालीन मूल्याङ्कन हुनुपर्ने बताएका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले नेपालको विगतबाट पाठ सिक्नु अहिले झनै आवश्यक भएको उल्लेख गर्दै इतिहासमा बारम्बार उही कमजोरी दोहोरिएको टिप्पणी गरेका छन्। उनले राजतन्त्रको शान्तिपूर्ण अन्त्यसँगै नेपाल समावेशी, धर्मनिरपेक्ष, संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएको र त्यसबेला ‘नयाँ नेपाल’ निर्माणप्रति जनतामा ठुलो आशा जागेको स्मरण गरेका छन्। तर आम जनताका ती अपेक्षा र उपलब्धिहरू पूर्ण रूपमा पूरा हुन नसकेको उनको निष्कर्ष छ।

नेपाल अझै पनि लामो राजनीतिक सङ्क्रमणबाट पूर्ण रूपमा मुक्त हुन नसकेको उल्लेख गर्दै परिवर्तनको पक्षमा उभिएका नागरिकहरू नै अहिले सबैभन्दा बढी निराश भएको उनको बताएका छन् । शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण, भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारी, आर्थिक व्यवस्थापन र राजनीतिक स्थायित्वका क्षेत्रमा गम्भीर अझै पनि चुनौती कायम रहेको उनको विश्लेषण छ।

प्रकाशित: २१ असार २०८३ १२:३१ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast