महोत्तरीबाट गाँजासहित दुई नियन्त्रणमा

हिमाल प्रेस २१ असार २०८३ ८:४६ | Sunday, July 5, 2026
4
SHARES
महोत्तरीबाट गाँजासहित दुई नियन्त्रणमा

काठमाडौँ- महोत्तरीको एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएकाहरूमा मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१ बस्ने २३ वर्षीय साधुराम थिङ र सोही गाउँपालिका–६ बस्ने २१ वर्षीय विपस नेगी छन् । उनीहरूलाई विशेष सूचनाको आधारमा

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बथनाहबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका उनीहरू सो ट्रकको मालिक तथा चालक रहेका छन् । उक्त टोलीले धनकुटाको भेडेटारबाट महोत्तरीको जलेश्वर हुँदै पश्चिमको एकडारातर्फ जाँदै गरेको ना ३ ख ६५९२ नम्बरको ट्रकलाई रोक्न खोज्दा नरोकी तीव्र गतिमा भागेको थियो। फरार सो ट्रकलाई सशस्त्र प्रहरीले करिब २ किलोमिटर टाढाबाट नियन्त्रणमा लिएको हो ।

सो गाडीलाई नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरीको टोलीले सोधपुछ गर्दा चालकको व्यवहार शङ्कास्पद देखेपछि ट्रकमा चेकजाँच गर्दा चालक बस्ने क्याबिनको माथिपट्टी फल्स बटन बनाई लुकाई छिपाई राखिएको ३ बन्दल गाँजा जस्तो देखिने वस्तु फेला पारेको हो ।

साथै उनीहरूको साथबाट नेपाली रुपैयाँ, कतारी रियाल, मलेसियन रिङगेट, मोबाइल थान २ थान तथा ट्रक र मोटरसाइकलको ब्लुबुक समेत फेला परेको छ ।

प्रकाशित: २१ असार २०८३ ८:४६ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast