बाढीपहिरोले कर्णालीका दुई राजमार्ग अवरुद्ध

हिमाल प्रेस २१ असार २०८३ ७:३७ | Sunday, July 5, 2026
8
SHARES
बाढीपहिरोले कर्णालीका दुई राजमार्ग अवरुद्ध बिपी राजमार्ग। फाइल तस्बिर।

काठमाडौँ- अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका दुई प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यही असार १७ गते परेको वर्षाका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोलामा आएको पहिरोले जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर अवरुद्ध भएको छ ।

त्यसैगरी, आज असार २० गते रोल्पाको परिवर्तन गाउँपालिका –१, खोलावाङ क्षेत्रमा खसेको पहिरोका कारण घोराही–रुकुम सहिदमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

प्रवक्ता काफ्लेले अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित बन्दै गएको उल्लेख गर्दै अवरुद्ध सडक खुलाउने प्रयास तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो ।

नेपाल प्रहरीले पूर्ण रूपमा अवरुद्ध भएका राजमार्गमा सडक सञ्चालन नहुँदासम्म यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालनमा आएका सडकमा अत्यधिक सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रहरीले वर्षायाममा आवश्यक सतर्कता अपनाउन तथा यात्राअघि सम्बन्धित सडकको अवस्थाबारे प्रहरी, प्रशासनसँग जानकारी लिएरमात्र यात्रा गर्न आग्रह गरेको छ। रासस

प्रकाशित: २१ असार २०८३ ७:३७ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast