एआईजीहरूको जिम्मेवारी फेरियो, कसले पाए कुन जिम्मेवारी?

हिमाल प्रेस १९ असार २०८३ ६:३७ | Friday, July 3, 2026
4
SHARES
एआईजीहरूको जिम्मेवारी फेरियो, कसले पाए कुन जिम्मेवारी?

काठमाडौँ- नेपाल सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले जारी गरेको पत्रअनुसार मन्त्रिपरिषद्को २०८३ असार १८ गतेको निर्णयपछि गृह मन्त्रालयको पत्रका आधारमा एआईजीहरूको सरुवा गरिएको हो।

सरुवाअनुसार मानवस्रोत विकास विभागमा कार्यरत राजन अधिकारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज पुगेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहेका डा.मनोजकुमार केसी अपराध अनुसन्धान विभागमा सरुवा भएका छन्।

यस्तै, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका सिद्धि विक्रम शाह प्रदेश समन्वय विभाग पुगेका छन् भने अपराध अनुसन्धान विभागका सुशील सिंह राठौर काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी सरुवा भएका छन्।

कार्य विभागका उमा प्रसाद चतुर्वेदी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेका छन्। प्रशासन विभागका हिमालयकुमार श्रेष्ठ कार्य विभागमा सरुवा भएका छन् भने प्रदेश समन्वय विभागका उदयबहादुर विश्वकर्मा प्रशासन विभागमा सरुवा भएका छन्।

त्यसैगरी, काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका ईश्वर कार्की मानवस्रोत विकास विभागमा सरुवा भएका छन्।

नेपाल प्रहरी प्रधान कार्यालयले सम्बन्धित निकायलाई अभिलेख अद्यावधिक गरी आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ।

प्रकाशित: १९ असार २०८३ ६:३७ | Friday, July 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast