३१ लाख ४१ हजारसहित एक जना प्रहरी नियन्त्रणमा

हिमाल प्रेस १९ असार २०८३ ५:५७ | Friday, July 3, 2026
6
SHARES
३१ लाख ४१ हजारसहित एक जना प्रहरी नियन्त्रणमा

काठमाडौँ- नेपाल प्रहरीले स्रोत नखुलेको नेपाली नगद रु ३१ लाख ४१ हजार ६२० सहित एक जानालाई बिहीबार नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा पचरौता नगरपालिका–७ घर भई काठमाडौँ कालीमाटी बस्ने २३ वर्षीय मनमोहन साह कलवार रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, ‘बिहीबार दिउँसो काठमाडौँ जम्बुडाँडास्थित पहेँलो पुलमा झोला बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा फेलापरेको स्रोत नखुलेको नेपाली रु ३१ लाख ४१ हजार ६२० सहित नियन्त्रणमा लिइएको हो।’

निजका विषयमा प्रहरी वृत्त बौद्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए।

प्रकाशित: १९ असार २०८३ ५:५७ | Friday, July 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast