कञ्चनपुर- पत्रकार खेम भण्डारी आज पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–१८, पुष्पलाल चोकबाट ५० वर्षीय भण्डारीलाई गाली बेइज्जती कसुरमा पक्राउ गरेको हो।
उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासको २०८२ चैत २२ गतेको फैसलाले भण्डारीलाई गाली बेइज्जती कसुरमा १ महिना ७ दिन कैद, रु १२ हजार १०० जरिवाना तथा पीडितलाई रु एक लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो। उनलाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित गराएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको बताए।
प्रकाशित: १८ असार २०८३ १३:२३ | Thursday, July 2, 2026
प्रतिक्रिया




