वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर लाखौँ ठगीको अभियोगमा पाँच पक्राउ

हिमाल प्रेस १७ असार २०८३ १५:३४ | Wednesday, July 1, 2026
18
SHARES
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर लाखौँ ठगीको अभियोगमा पाँच पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगेको अभियोगमा पाँच जना पक्राउ परेका छन्।

नेपाल प्रहरीका सिन्धुपाल्चोकका वाङ्दी लामा, रामेछापका ललितबहादुर तामाङ, धादिङकी सन्तोषी लामा, चन्द्रागिरि नगरपालिका-८ की रामदास महर्जन र काठमाडौँ महानगरपालिका-१५ निवासी सरिब गिरीलाई पक्राउ गरिएको हो।

अभियुक्त वाङ्दीले अजरबैजान पठाइदिन्छु भन्दै एकजनाबाट रु ५० हजार, ललितबहादुरले कोसोभो पठाइदिने भनेर रु दुई लाख ५० हजार, सन्तोषीले स्पेन पठाउने बहानामा एक जनाबाट रु १५ लाख, रामदासले युएईको रोजगारीको प्रलोभनमा सात जनाबाट रु ४५ लाख र सरिबले क्यानडाको लोभ देखाएर एक जनाबाट रु २० लाख ठगेका थिए।

उनीहरूलाई प्रहरीले विभिन्न स्थानबाट हालै पक्राउ गरेको हो। कारबाहीका लागि सबै अभियुक्तलाई वैदेशिक रोजगार विभाग पुर्‍याइएको छ।

प्रकाशित: १७ असार २०८३ १५:३४ | Wednesday, July 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast