म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा

हिमाल प्रेस १७ असार २०८३ ८:२६ | Wednesday, July 1, 2026
4
SHARES
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा फाइल तस्बिर

म्याग्दी- म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीका सबै लक्षित बालबालिकाले तोकिएको खोपको सबै मात्रा लगाएपछि मंगलबार एक समारोहका बीच पूर्णखोप घोषणा गरिएको हो ।

म्याग्दीमा रहेका १५ महिनाभित्रका एक हजार ८० बालबालिकाले नियमित र पाँच वर्षमुनिका तीन हजार ९७४ जना बालबालिकाले पूर्णखोप लगाएका प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताए ।

बालबालिकाले बिसीजी, डिपिटी, पोलियो, दादुरा, रुवेला, जेइलगायत १३ प्रकारका खोपको पूर्णमात्रा पाएको उनले बताए । म्याग्दीमा एउटा जिल्लास्तरीय अस्पताल, एउटा आधारभूत अस्पताल, ३९ स्वास्थ्य चौकी, चार सहरी स्वास्थ्य केन्द्र, २८ सामुदायिक स्वास्थ्य एकाइ, ८९ खोप केन्द्र, ४८ गाउँघर क्लिनिक रहेका छन् ।

 

प्रकाशित: १७ असार २०८३ ८:२६ | Wednesday, July 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast