व्यक्तिगत डाटाहरूलाई एकीकृत गर्न मुख्यसचिव बैरागीको आग्रह

हिमाल प्रेस २० माघ २०७९ २१:२८
12
SHARES
व्यक्तिगत डाटाहरूलाई एकीकृत गर्न मुख्यसचिव बैरागीको आग्रह

काठमाडौँ– सरकारका मुख्य सचिव शंकरदास बैरागीले सूचना र प्रविधिको उचित प्रयोग गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधिको प्रयोग र सुशासनमा पारेको प्रभाव’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

सूचना प्रविधिको प्रभावकारी प्रयोग गरी मुलुकमा सुशासन ल्याउन एकीकृत सूचना प्रणालीको विकास गर्न जरुरी रहेको उनको भनाइ छ। सूचना प्रणालीको प्रयोग गर्दा यसको सुरक्षामा पनि विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए।

‘हाम्रोअगाडि डाटा म्यानेजमेन्टलाई व्यवस्थित गर्ने चुनौती छ। डाटाहरू १० ठाउँमा छरिएका छन्। हामीसँग एकीकृत सूचना प्रणाली अहिले पनि बनेको छैन। नागरिकले एकै खालको विवरण लिन १० ठाउँमा अहिले पनि जानुपर्ने अवस्था छ। लाईसेन्स पनि त्यहीं बुझाएको छ। परिचय पत्र पनि त्यहीं बुझाएको छ। पासपोर्ट पनि त्यहीं बुझाएको छ। पासपोर्ट पनि त्यहीं बुझाएको छ,’ उनले भने, ‘जहाँ जाउँ, एउटै सूचना १० ठाउँ बुझाउनु परेको छ। त्यसकारण सबैभन्दा ठूलो कुरा अरू नगरिकन त्यो सिस्टमलाई एकीकृत गर्नु पर्‍यो। त्यसो भएपछि एक ठाउँमा सूचना दिएपछि जसलाई जे चाहियो, सिस्टमले त्यसैले काम गर्छ।’

सूचना प्रविधिको प्रयोगले जनतालाई सशक्त बनाउने भएकाले यसको प्रयोग पनि सोहीअनुसार हुनुपर्ने उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast