दक्षिणकालीमा पिकअप दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु

हिमाल प्रेस १४ असार २०८३ १३:२० | Sunday, June 28, 2026
10
SHARES
दक्षिणकालीमा पिकअप दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु

काठमाडौँ- मकवानपुरबाट काठमाडौँ आउँदै गरेको पिकअप दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घारखोल्सा स्थित दक्षिणकाली सडक खण्डमा पिकअप दुर्घटना हुँदा चालक मुकुन्द झ्यारी मगर गम्भीर घाइते भएका थिए ।

उपचारको क्रममा ४५ वर्षीय झ्यारी मगरको आइतबार बिहान आज ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
शुक्रबार बिहान साढे ६ बजेतिर बागमती प्रदेश ०१–०२६ च ५५९९ नम्बरको पिकअप अनियन्त्रित भएर सडकबाट १५० मिटर तल खसेको थियो । चालक झ्यारी मगर मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङका स्थानीय हुन् ।

हेटौँडा बस्दै आएका उनलाई पाटन अस्पतालका चिकित्कसहरुले अइतबार बिहान मृत घोषणा गरेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित: १४ असार २०८३ १३:२० | Sunday, June 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast