सुर्खेत-१ बाट कांग्रेसका पूर्णबहादुर खड्काको सुरुवाती अग्रता

हिमाल प्रेस ७ मंसिर २०७९ ७:५२ | Wednesday, November 23, 2022
सुर्खेत-१ बाट कांग्रेसका पूर्णबहादुर खड्काको सुरुवाती अग्रता पूर्णबहादुर खड्का।

सुर्खेत- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत-१ बाट प्रतिनिधिसभा सदस्यमा सुरुवाती अग्रता लिएका छन्। सुर्खेत-१ मा मंगलबार राति १२ बजेबाट मत गणना सुरु भएको मत गणनामा खड्काले एक हजार ७ सय ७२ मत प्राप्त गरेका छन्। तीन हजार २३८ मत गणना हुँदा नेकपा एमालेका ध्रुवकुमार शाहीले १३ सय ५५ मत प्राप्त गरेका छन्।

यस्तै राप्रपाका छत्रपति थापाले ६६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले १७ मत प्राप्त गरेका छन्। यस्तै प्रदेशसभातर्फ पनि लोकतान्त्रिक-बाम गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।प्रदेश ‘क’तर्फ नेपाली कांग्रेसका उम्मेदवार खड्क पोखरेलले दुई हजार दुई मत प्राप्त गरेका छन् भने नेकपा एमालेका ठम्मर विष्टले एक हजार ३२६ मत प्राप्त गरेका छन् ।

प्रदेशसभा ‘ख’बाट लोकतान्त्रिक–बाम गठबन्धनका कृष्ण जिसी ‘जितेन्द्र’ अघाडि छन्। माओवादी केन्द्रका उम्मेदवार जिसीले एक हजार १७८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका डण्डीप्रसाद शर्माले ९२९ मत प्राप्त गरेका छन्।

प्रकाशित: ७ मंसिर २०७९ ७:५२ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast