प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित

हिमाल प्रेस १२ असार २०८३ १७:०५ | Friday, June 26, 2026
10
SHARES
प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित संघीय प्रतिनिधिसभा बैठक। फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ।

शुक्रबार बोलाइएको बैठक शनिबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएकोमा पुनः सूचना टाँस गरी आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो।

शनिबार बिहान ११ बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक २०८३ असार १४ आइतबार बिहान ११ बजे बस्ने गरी निर्धारण गरेको संसद सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।

रास्वपाको महाधिवेशन लम्बिएका कारण प्रतिनिधिसभा बैठक प्रभावित भएको हो।

प्रकाशित: १२ असार २०८३ १७:०५ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast