काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गरेका छन्।
संघीय संसद प्रतिनिधिसभाको बैठकबाट पारित भएर राष्ट्रपति कार्यालय पुगेको विधेयक उनले बिहीबार प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

प्रकाशित: ११ असार २०८३ १६:५७ | Thursday, June 25, 2026
प्रतिक्रिया




