कास्की २ मा एमालेकी विद्याको ३ हजार मतान्तरको अग्रता

हिमाल प्रेस ७ मंसिर २०७९ ७:३३ | Wednesday, November 23, 2022
कास्की २ मा एमालेकी विद्याको ३ हजार मतान्तरको अग्रता मानबहादुर गुरुङ, विद्या भट्टराई र दामोदर बैरागी

पोखरा-  नेकपा एमाले उम्मेदवार विद्या भट्टराईले कास्की क्षेत्र नम्बर २ मा अग्रता कायम गरेकी छन्। उनले हालसम्म ९ हजार ६ सय ७४ मत प्राप्त गरेकी छन्। यस्तै, उनका प्रतिद्वन्द्वी रास्वपाका माधवप्रसाद कँडेलले ६ हजार ६ सय २६ मत पाएका छन्। विद्या र कँडेलको मतान्तर  ३ हजार हो। यहाँ पाँचदलीय गठबन्धनका साझा उम्मेदवार तेस्रो स्थानमा रहँदै पछ्याइरहेको छ।

एकीकृत समाजवादीका श्रीनाथ बरालले ५ हजार ६ मत ल्याएका छन्। राप्रपाका सुवर्णराज पन्तले २ हजार १५ मत प्राप्त गरेका छन्। पोखरा सभागृहमा ३ दिनदेखि जारी गणनामा हालसम्म २६ हजार गनिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कास्की २ मा कुल ७९ हजार १ सय ३८ मतदातामध्ये आइतबारको मतदानमा ४९ हजार ९ सय २० मत खसेको थियो । अझै झण्डै ५० प्रतिशत मत गणना हुन बाँकी छ ।

कास्की २ एमालेका रवीन्द्र अधिकारीले लगातार जितेको क्षेत्र हो। उनले २०६४, २०७० र २०७४ को चुनाव लगातार जितेका हुन्। पर्यटन मन्त्री रहँदा हेलिकोप्टर दुर्घटनामा उनको निधनपछि एमालेले उनकी श्रीमती विद्यालाई २०७४ सालको उपनिर्वाचन टिकट दिएको थियो। त्यसबेला विद्याले कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई भारी मतान्तरले हराउँदै सांसद बनेकी थिइन्।

अहिले पनि मतगणनाको अन्तर हेर्दा उनको जित करिब निश्चित बनेको छ। सुरुवाती गणनामा भने उनलाई घण्टी चिह्न उम्मेदवार कँडेलले पछि पारेका थिए । गणना हुन बाँकी केही वडा विद्याको पक्षमा मत जाने वडामा पर्दछन्।

यो निर्वाचन क्षेत्रमा पोखरा महानगरपालिकाका विभिन्न ११ वटा वडा पर्दछन् वडा ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, ३३ मध्ये वडा ७, १५, १७, २१ र ३३ को गणना सम्पन्न भएको हो।

प्रकाशित: ७ मंसिर २०७९ ७:३३ | Wednesday, November 23, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast