६ टोली पुगे नकआउटमा

हिमाल प्रेस ९ असार २०८३ १४:२० | Tuesday, June 23, 2026
12
SHARES
६ टोली पुगे नकआउटमा

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत दोस्रो चरणका खेल जारी रहँदा हालसम्म ६ टोली नकआउट चरणमा पुगेका छन्। साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स र २८ वर्षपछि फर्किएको नर्वे पनि नकआउटमा पुगेका छन्।

समूह ‘आई’मा फ्रान्सले इराकलाई ३-० ले हरायो भने नर्वेले सेनेगललाई ३-२ ले पराजित गर्‍यो। दुवै खेलमा क्रमशः केलिय एब्बाप्पे र हाल्यान्डले दुई–दुई गोल गरे।

समूह ‘जे’मा अर्जेन्टिनाले अस्ट्रियालाई २-० ले हरायो। पहिलो पेनाल्टी मिस गरेका मेस्सीले त्यसपछि दुई गोल गर्दै जित दिलाए। अल्जेरियाले जोर्डनलाई २–१ ले हरायो।

समूह ‘के’ र ‘एल’का खेल बाँकी छन्। पोर्चुगल र उज्वेकिस्तान, कंगो र कोलम्बियाबीचका खेल निर्णायक हुनेछन्। इंग्ल्यान्ड र घाना अपराजित छन् भने क्रोएसिया र पानामाले नकआउट सम्भावना जिवित राख्न जित आवश्यक छ।

गोल्डेन बुट दौडमा मेस्सी अगाडि छन्। लगातार उत्कृष्ट प्रदर्शन गर्दै उनले विश्वकप इतिहासमा सर्वाधिक १८ गोलको कीर्तिमान बनाएका छन्। एमबाप्पे र हालान्ड पनि चार–चार गोलसहित प्रतिस्पर्धामा छन्।

प्रकाशित: ९ असार २०८३ १४:२० | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast