धनगढी- अछाम क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर निर्वाचित भएका छन्।
कुँवरले नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहरालाई पराजित गरेका हुन्। उनी निर्वाचित भएसँगै प्रतिनिधिसभा सदस्यमा एकीकृत समाजवादीले खाता खोलेको छ।
कुँवरले १९ हजार ५३४ पाउँदा एमाले उम्मेदवार बोहराले १५ हजार ४५ मत पाएका छन्।
प्रकाशित: ७ मंसिर २०७९ ७:०० | Wednesday, November 23, 2022
प्रतिक्रिया





