काठमाडौँ- काठमाडौँको चन्द्रागिरि नगरपालिकामा रेबिज संक्रमणका कारण एक ४८ वर्षीय पुरुषको मृत्यु भएको छ।
केही हप्ताअघि कुकुरले टोकेपछि रेबिज विरुद्धको खोप (एआरभी) नलगाएका ती पुरुषमा संक्रमण देखिएको थियो। अवस्था गम्भीर भएपछि उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना गरिएको थियो, जहाँ उपचारका क्रममा शनिबार उनको ज्यान गएको अस्पतालका सूचना अधिकारी समीरकुमार अधिकारीले जानकारी दिए।
प्रकाशित: ८ असार २०८३ १४:०५ | Monday, June 22, 2026
प्रतिक्रिया




