अब कानुनमै विद्युतीय मतदानको बाध्यकारी व्यवस्था गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त

हिमाल प्रेस २० माघ २०७९ १३:३० | Friday, February 3, 2023
अब कानुनमै विद्युतीय मतदानको बाध्यकारी व्यवस्था गर्नुपर्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानुनमै विद्युतीय निर्वाचनको बाध्यकारी व्यवस्था गर्नुपर्ने बताएका छन्। शुक्रबार भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा कार्यक्रममा उनले विद्युतीय मतदान बाध्यकारी बनाउन आवश्यक रहेको बताएका हुन्।

‘विद्युतीय मतदानका विषयमा यसो हेर्दा निर्वाचन आयोगले नगरेको जस्तो देखिन्छ। तर, आयोग र मेरो पीडा अर्कै छ,’ उनले भने, ‘त्यसैले अब कानुनमै विद्युतीय निर्वाचन गरिनेछ भनेर बाध्यकारी व्यवस्था गर्नुपर्ने देखियो।’

साथै यसले फर्जी मत रोक्न सकिन्छ कि सकिन्न भनेर अध्ययन पनि गर्नुपर्ने उनको भनाइ छ। ‘मतदान केन्द्रका अध्यक्षले गर्ने गल्ती र दलका प्रतिनिधिले गर्ने सिफारिसले पनि फर्जी मत खसेको देखियो,’ उनले भने, ‘मृत्यु भएकालाई पनि दलका प्रतिनिधिले जिउँदो भनेर सिफारिस गर्छन्, निर्वाचन अधिकृतले कसरी हैन भन्न सक्छ र? यो पनि समस्या छ।’

प्रकाशित: २० माघ २०७९ १३:३० | Friday, February 3, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast