काठमाडौँ- फिल्म ‘क्याप्टेन साब’को छायांकन सकिएको छ । फिल्मको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो । फिल्मको छायाङ्कन काभ्रे, काठमाडौँ र वीरगञ्जमा गरिएको हो। दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म कृष्णबहादुर थापाले खिचेका छन् । फिल्म ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो। पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन्।
पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा र खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सन्जोग रसाइली मुख्य भूमिका छ।
दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै फिल्ममा यी तीन जनाको यो दोस्रो पटक सहकार्य हो।
दीपेन्द्र र खगेन्द्रले भनेसँगै काम गर्दै आएका छन् । फिल्मको निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ छन्। कार्यकारी निर्मातामा सिर्जना नापित छिन्। निर्देशक दीपेन्द्र के खनालकै लेखन फिल्ममा छ।




