पोखरा- माओवादी केन्द्रले गण्डकी प्रदेशसभामा पहिलो जित हासिल गरेको छ। म्याग्दी जिल्लाको प्रदेशसभा २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रेशम जुग्जाली निर्वाचित भएका हुन्। माओवादीले गण्डकी प्रदेशसभामा योसहित पहिलो सिट जित्न सफल भएको हो।
३९ वर्षीय जुग्जाली माओवादी केन्द्र म्याग्दीका संयोजक हुन्। मंगलबार राति अन्तिम मतपरिणाममा जुग्जालीले ९ हजार ४ सय ५४ मत प्राप्त गर्दै निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी एमालेका यामबहादुर जुग्जालीले ९ हजार ३ सय ५३ मत प्राप्त गरेका छन्।
दुवैको अन्तर मात्र १ सय १ छ। कुल ३७ हजार ६ सय ४८ मतदाता रहेको सो क्षेत्रमा ५५ प्रतिशत अर्थात् २१ हजार ७ मत खसेको थियो।
प्रकाशित: ६ मंसिर २०७९ २२:१८ | Tuesday, November 22, 2022
प्रतिक्रिया





