दक्षिण कोरिया

कर्मचारीलाई इतिहास पढाउन ‘स्टारबक्स’ आधा दिन बन्द

हिमाल प्रेस २ असार २०८३ १७:३१ | Tuesday, June 16, 2026
16
SHARES
कर्मचारीलाई इतिहास पढाउन ‘स्टारबक्स’ आधा दिन बन्द स्टारबक्स कोरियाले 'ट्यांक डे नामक प्रचार अभियानमा पुनः प्रयोग गर्न मिल्ने कपको विज्ञापन गरेको थियो। उक्त अभियानले १९८० को लोकतन्त्र समर्थक आन्दोलनमाथि भएको घातक दमनको सम्झना गराएपछि व्यापक आलोचना भएको थियो। तस्बिर : एएफपी/रासस

दक्षिण कोरियाभरका स्टारबक्स स्टोरहरू अर्को साता आधा दिनका लागि बन्द हुने भएका छन्। कर्मचारीहरूले त्यसबेला इतिहाससम्बन्धी तालिम लिनुपर्नेछ। यो निर्णय विवादास्पद प्रचार अभियानपछि गरिएको हो, जसले सन् १९८० को रक्तपातपूर्ण दमन घटनालाई सम्झाउने खालको सन्देश दिएको थियो।

स्टारबक्स कोरियाको सञ्चालन गर्ने सिनसेगे समूहका अध्यक्ष र अन्य वरिष्ठ अधिकारीहरूले पनि दुई दिनपछि छुट्टै तालिम लिनेछन्।

देशभर दुई हजारभन्दा बढी स्टोर भएको स्टारबक्स कोरियाले गत महिना ठूलो आलोचना खेपेको थियो। उसले ‘ट्यांक डे’ नामको प्रचार अभियान चलाएको थियो, जुन सन् १९८० को प्रजातन्त्र आन्दोलनमाथि भएको सैन्य दमनसँग जोडिएको भन्दै विवादमा परेको थियो।  उक्त प्रचार मे १८ मा गरिएको थियो, जुन ग्वाङ्जु विद्रोहको ४६ औं वार्षिकोत्सव पनि हो। त्यस घटनामा १६५ जनाको मृत्यु भएको आधिकारिक तथ्यांक छ, तर धेरैले वास्तविक संख्या अझ बढी भएको मान्छन्।

दक्षिण कोरिया स्टारबक्सका लागि अमेरिका र चीनपछि तेस्रो ठूलो बजार हो। विवादपछि सिनसेगे समूहले तत्कालै कोरियाका प्रमुख कार्यकारीलाई हटाएको थियो र माफी पनि मागेको थियो।

कम्पनीका अनुसार अध्यक्ष चुंग योङ-जिनले पनि सबै सहायक कम्पनीका सीईओसँगै तालिम लिनेछन्।

त्यसअघि स्टारबक्स कोरियाका सबै कर्मचारीले इतिहास र सामाजिक संवेदनशीलताबारे भिडियो हेरेर प्रशिक्षण लिनेछन्।

देशभरका स्टोरहरू दिउँसो ३ बजे ३ घण्टाका लागि बन्द हुनेछन्। यो सन् १९९९ पछि पहिलो पटक सबै स्टोर एकैसाथ बन्द गरिएको हो।

विमानस्थलका केही शाखाबाहेक सबै स्टोर यस बन्दमा पर्नेछन्।

कम्पनीले प्रचार अघि धेरै लापरबाही भएको पनि स्वीकार गरेको छ, जसमा डिजाइन फाइल नजाँची स्वीकृति दिनु र कानुनी समीक्षा नगर्नु पनि पर्छ।

सुङ्क्युनक्वान विश्वविद्यालयका प्राध्यापक कू जङ-वूले तालिम सञ्चालन गर्नेछन् र सामाजिक संवेदनशीलताको अर्थबारे पढाउनेछन्।

राष्ट्रपति ली जे-म्युङले पनि यो घटनालाई अमानवीय र लज्जास्पद भन्दै सामाजिक सञ्जालमा कडा प्रतिक्रिया दिएका थिए। एएफपी

प्रकाशित: २ असार २०८३ १७:३१ | Tuesday, June 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast