कोशीको बजेट ४० अर्ब ४४ करोड

हिमाल प्रेस १ असार २०८३ १९:२८ | Monday, June 15, 2026
14
SHARES
कोशीको बजेट ४० अर्ब ४४ करोड

इटहरी- कोशी प्रदेश सरकारले आर्थिक बर्ष २०८३ /८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिंथेपले गत वर्षको भन्दा १२ दशमलब ७४ प्रतिशतबढिको बजेट प्रस्तुत गरेका हुन्।

मन्त्री लिंथेपले कोशी प्रदेशको चालु तर्फ १३ अर्ब ९७ लाख ६३ लाख र पूँजीगत तर्फ २० अर्ब ७५ करोड ९९ लाख बजेट विनियोजन गरिएको बताए। यो बजेट पूँजीगत तर्फ ५१ दशमलव ३२ प्रतिशत र चालू तर्फ ३४ दशमलब ५५ प्रतिशत हो।

यस्तै वित्तीय व्यवस्थापन तर्फ १५ करोड रुपैयाँ विनियोजन भएको छ।

मन्त्री लिङ्थेपले उक्त खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड, संघबाट आउने वित्तीय समानीकरणबाट ९ अर्ब १२ करोड, सशर्त अनुदान ५ अर्ब ९५ करोड, समपुरक ६४ करोड, विशेष अनुदान ५५ करोड, रोयल्टीबाट प्राप्त हुने रकम ४१ करोड, सोझै भुक्तानीबाट २० करोड र बाँकी अपुग रकम नगद मौज्दातबाट ५ अर्ब व्यहोरिने बताएका छन्।

प्रकाशित: १ असार २०८३ १९:२८ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast