काठमाडौँ- जनमत पार्टीले पार्टी एकीकरणका लागि कार्यदल गठन गरेको छ।
विभिन्न पार्टीसँग एकीकरण र मोर्चाबन्दी गर्न जनमत पार्टीले कार्यदल गठन गरेको हो।
नरेन्द्रप्रसाद चौधरीको संयोजकत्वमा तीन सदस्यीय वार्ता कार्यदल गठन गरिएको जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले जानकारी दिए।
उनले राजनैतिक सिद्धान्त, विचार र लक्ष्य मिल्ने दलहरूसँग पार्टी एकीकरण तथा मोर्चाबन्दी गर्न कार्यदल गठन गरिएको उनले बताए।
उनका अनुसार जनमत पार्टीले श्रम संस्कृति, उज्यालो नेपाल पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सहितसँग ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ स्थापानाका लागि पहल गर्ने निर्णय गरेको छ।
प्रकाशित: १ असार २०८३ १७:०२ | Monday, June 15, 2026
प्रतिक्रिया




