अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्छ : सांसद पुन

हिमाल प्रेस २९ जेठ २०८३ ११:३० | Friday, June 12, 2026
28
SHARES
अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्छ : सांसद पुन

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा सांसद वर्षमान पुनले संसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गरेका हुन्।

पुराना दलले ६७ वटा हेरफेर गरेकोमा मैले ७ वटामा हेरफेर गरेँ भन्ने हिसाबले मन्त्री वाग्लेले बोलेको भन्दै पुनले आपत्ति जनाए।

यस्ता विषय उठाउने सांसदहरूलाई मन्त्री वाग्लेले पुराना काण्डको फाइल खोल्ने धम्की दिएको भन्दै उनले यो आपत्तिजनक भएको बताए।

पुनले उक्त विषय शुक्रबारकै लेखा समिति बैठकमा पनि उठाएका थिए।

प्रकाशित: २९ जेठ २०८३ ११:३० | Friday, June 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast