लेबननमा इजरायलको आक्रमण जारी, मंगलबार २९ जना मारिए

हिमाल प्रेस २७ जेठ २०८३ ६:२५ | Wednesday, June 10, 2026
14
SHARES
लेबननमा इजरायलको आक्रमण जारी, मंगलबार २९ जना मारिए

इजरायलले लेबनानमा इरान-समर्थित हेजबुल्लाहविरुद्ध आक्रमण जारी राखेको छ।

लेबननको स्वास्थ्य मन्त्रालयले मंगलबार देशको दक्षिणी क्षेत्रस्थित टायर सहरमा इजरायली सेनाले हमला गर्दा २९ जनाको मृत्यु भएको बताएको छ।

यस्तै हेजबुल्लाहले सोमबार राति अगाडि बढिरहेको इजरायली सेनाविरुद्ध रकेट प्रहार गरिएको दाबी गरेको छ।

मार्चमा सुरु भएको द्वन्द्वमा लेबननमा हालसम्म ३ हजार ६६६ जनाको मृत्यु भइसकेको छ।

यसैबिच इरानी सञ्चारमाध्यमले सोमबार इजरायली आक्रमणमा इरानी वायुसेनाका दुई कर्मचारी मारिएको बताएको छ।

यसैबिच अमेरिकी सेनाले होर्मुज स्ट्रेटनजिकै आफ्नो एउटा अपाचे हेलिकप्टर कसरी दुर्घटना भयो भन्नेबारे अनुसन्धान गरिरहेको छ। जहाजमा रहेका चालक दलका सदस्यहरूलाई उद्धार गरिएको छ।

 

प्रकाशित: २७ जेठ २०८३ ६:२५ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast