पोखरा–दुबई उडान सुनिश्चित, आउँदो भदौ ७ देखि दैनिक उडान

हिमाल प्रेस २७ जेठ २०८३ ६:२३ | Wednesday, June 10, 2026
16
SHARES
पोखरा–दुबई उडान सुनिश्चित, आउँदो भदौ ७ देखि दैनिक उडान

काठमाडौँ- फ्लाई दुबईले आउँदो भदौ ७ (२३ सेप्टेम्बर) देखि पोखराबाट दैनिक उडान गर्ने भएको छ। पोखराका मेयर धनराज आचार्यका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई उडानका लागि अनुमति दिएको छ।

फ्लाइ दुबईले १६७ सिट क्षमताको बोइङ ७३७ जहाजमार्फत् पोखराबाट दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। पोखरामा साँझ सवा ६ बजे अवतरण गर्ने जहाज सवा ७ बजे दुबईका लागि उड्ने छ। यो यात्रा करिब ५ घण्टाको हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार पहिलो चरणमा फ्लाइ दुबईले १ महिनाको लागिमात्र उडान अनुमति लिएको छ।
पोखराका मेयर धनराज आचार्यका अनुसार केही दिनअघि फ्लाइ दुबईको प्राविधिक टोलीले पोखरा एयरपोर्टको अध्ययन गरेपछि यो उडान सम्भव भएको हो।

गएको मंगलबार मंगलबार संयुक्त अरब इमिरेट्स ९यूएई० को ‘फ्लाई दुबई’को जोखिम व्यवस्थापन हेर्ने उपाध्यक्ष एड्रियन लुकाससहितको प्राविधिक टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत स्थलगत निरीक्षण गरेको थियो।

उनका अनुसार निरीक्षणपछि उपाध्यक्ष लुकासले पोखराबाट दुबईसम्म दैनिक उडानका सम्भाव्यताबारे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा विमानस्थलको प्राविधिक टोलीसँग ६ घण्टा लामो गहन छलफल गरेको थियो।

सो क्रममा टोलीले विमानस्थलको धावनमार्ग, सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार र उडान सञ्चालनका विविध पक्षहरूबारे जानकारी लिएको थियो। लुकासले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्राविधिक र सुरक्षाका सबै हिसाबले ‘पूर्णरूपमा सही र तयार’ रहेको बताउँदै छिटोभन्दा छिटो उडान भर्ने प्रतिबद्धता जनाएका थिए।

फ्लाइ दुबईले पोखराबाट उडान भरेसँगै पोखरा अन्तर्राष्ट्रिय ट्रान्जिटको रूपमा रहेको मुख्य सहरसँग जोडिने र त्यहाँबाट विश्वका अन्य तीन सय वटा सहरसँग पनि सम्बन्ध विस्तार हुनेछ।

‘यो केवल एउटा हवाई सेवा थपिने विषय मात्र होइन, यो पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवद्र्धन, आर्थिक गतिविधिको विस्तार र काठमाडौं केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने ऐतिहासिक अवसर पनि हो। दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिका लगायतका ३०० भन्दा बढी सहरहरू हरूसँग पोखराको पहुँच पुग्नेछ,’मेयर आचार्यले भने।

प्रकाशित: २७ जेठ २०८३ ६:२३ | Wednesday, June 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast