तीन सडक पूर्णरूपमा अवरुद्ध

हिमाल प्रेस २६ जेठ २०८३ ८:४४ | Tuesday, June 9, 2026
12
SHARES
तीन सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौँ- बाढीपहिरोको जोखिमको कारण काठमाडौँको सतुंगल-चित्लाङसहित देशका ३ सडक आज पनि अवरुद्ध छन्। एउटा सडकमा एकतर्फी सवारी चलिरहेका प्रहरीले जनाएको छ। काठमाडौँको चन्द्रागिरि नगरपालिका ९ देउरालीमा सडक मर्मत कार्य जारी रहेकाले सतुंगल-चित्लाङ सडक अहिले बन्द छ। यो सडक एक महिना नै बन्द रहने प्रहरीले जनाएको छ।

सम्भावित बाढीको जोखिम रहेकाले खुर्कोट-नेपालथोक कटुन्जेबेँसी (बीपी राजमार्ग) भएर चल्ने सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। उता बाढीको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिकाका- ३ ठाउँमा मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। भोजपुरमा मध्यपहाडी लोकमार्गमा एकतर्फी मात्रै गाडी चलिरहेका छन्।

हेर्नुहोस् अवरुद्ध र एकतर्फी सडकको सूची

 

प्रकाशित: २६ जेठ २०८३ ८:४४ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast