काठमाडौँ- भूकम्पले गएराति नेपालको पूर्वी क्षेत्रमा धक्का दिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार आइतबार राति ११:३६ बजे (स्थानीय समय) भुटानको पुनाखा जिल्लाबाट ५ किलोमिटर टाढा केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो।
जसको धक्का नेपालसहित भारत, बंगलादेश र चीनका केही भागमा पनि महसुस गरिएको हो। नेपालमा भूकम्पको धक्का पूर्वी क्षेत्रमा महसुस गरिएको थियो।
प्रकाशित: २५ जेठ २०८३ ६:२९ | Monday, June 8, 2026
प्रतिक्रिया




