काठमाडौँमा ‘के–भाइब महोत्सव २०२६’ सम्पन्न

हिमाल प्रेस २३ जेठ २०८३ १९:३५ | Saturday, June 6, 2026
काठमाडौँमा ‘के–भाइब महोत्सव २०२६’ सम्पन्न

काठमाडौँ- काठमाडौँस्थित कोरियाली राजदूतावासको आयोजनामा ठमेलको छाया सेन्टरमा ‘२०२६ के–भाइब महोत्सव ः सौन्दर्यता र स्वाद’ भव्यताका साथ सम्पन्न भएको छ।

शनिबार आयोजित महोत्सवमा कोरियाली सौन्दर्य, पकवान र संस्कृतिलगायतका प्रस्तुतिमा नेपाली युवा पुस्ताको उल्लेख्य उपस्थिति रहेको थियो। कोरियाली सरकारको ‘के–भाइब सांस्कृतिक सम्बन्ध विस्तार’ अभियानअन्तर्गत आयोजित यस महोत्वसमा झन्डै साढे दुई हजार युवा पुगेका थिए।

महोत्सवमा ८ वटा कोरियाली स्टलहरु राखिएका थिए, जहाँ सहभागीहरू छालाको हेरचाहसम्बन्धी सुझाव र प्रत्यक्ष रुपमा के–मेकअप कक्षामा सहभागी भएको दूतावासले जनाएको छ।

त्यस्तै काठमाडौँस्थित कोरियाली रेस्टुरेन्ट एसोसिएसन आवद्ध ६ वटा स्वादिष्ट भोजनालयका स्टलहरूले मौलिक कोरियाली स्वाद पस्किएका थिए। महोत्सवमा कोरियाली सरकारी संस्थाहरू कोइका, कोपिया सेन्टर र ईपीएस सेन्टरलगायतको समेत सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाट सत्रमा बोल्दै नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले कोरियाली सौन्दर्य र विभिन्न सांस्कृतिक आयामहरूको यो समायोजन निकै अर्थपूर्ण रहेको बताए।

महोत्सवमा सहभागी युवाहरुले के–पप नृत्य, कोरियाली फोटो बुथ, हाजिरी जवाफ प्रतियोगिता र कोरियाको परम्परागत पोशाक लगाएर नेपालमै कोरियाको प्रत्यक्ष अनुभव लिने मौका प्राप्त गरेका थिए।

प्रकाशित: २३ जेठ २०८३ १९:३५ | Saturday, June 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast