काठमाडौँ- फुटबल विश्वकपलाई लक्षित गर्दै इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली ग्राहकहरुका लागि विशेष अभियान सार्वजनिक गरेको छ।
नेपालका लागि टीसीएलको आधिकारिक विक्रेट सीजी इलेक्ट्रोनिक्सले ‘आर यू रेडी फर ग्रेटनेस’ नाामक विशेष बजारमा ल्याएको हो।
यस योजनामा आकर्षक क्यासब्याक, विस्तारित वारेन्टी तथा सहज ईएमआई सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ।
टीसीएल टेलिभिजन खरिद गर्दा ग्राहकले दुई लाख रुपैयाँसम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै विश्वकपको अवसरमा कम्पनीले चार वर्षको विशेष वारेन्टी सुविधा उपलब्ध गराएको छ।
ग्राहकहरूको आर्थिक सहजतालाई ध्यानमा राख्दै कम्पनीले नागरिकता मात्रको आधारमा सहज किस्ताबन्दी सुविधासमेत उपलब्ध गराएको छ।
कम्पनीले जनाएअनुसार यो योजना आगामी जेठ २१ गतेदेखि साउन ३ गतेसम्म नेपालभरका आधिकारिक सीजी इलेक्ट्रोनिक्स शोरुम तथा डिलरहरुमार्फत लागू हुनेछ।




