उदयपुर २ मा नेकपा एसका खतिवडालाई हराउँदै एमालेका रायमाझी निर्वाचित

हिमाल प्रेस ६ मंसिर २०७९ २०:४१ | Tuesday, November 22, 2022
उदयपुर २ मा नेकपा एसका खतिवडालाई हराउँदै एमालेका रायमाझी निर्वाचित

इटहरी- उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत जीवनकुमार भण्डारीका अनुसार मतगणना सकिएसँगै एमालेका रायमाझी विजयी भएका हुन्। उनी नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्दै विजयी भएका हुन्।

औपचारिक मतपरिणाम आउन भने केही समय लाग्ने भण्डारीले जानकारी दिए। प्रतिनिधिका अनुसार विजयी भएका रायमाझीले १५ हजार २ सय ५१ मत प्राप्त गरेका छन भने पराजित भएका खतिवडाले  १२ हजार ८ सय ९३ मत पाएका छन्।

 

प्रकाशित: ६ मंसिर २०७९ २०:४१ | Tuesday, November 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast