कुनकुन सडक अवरुद्ध छन्?

हिमाल प्रेस २१ जेठ २०८३ ९:३९ | Thursday, June 4, 2026
8
SHARES
कुनकुन सडक अवरुद्ध छन्? बिपी राजमार्ग। फाइल तस्बिर।

काठमाडौँ- देशका विभिन्न भागमा परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीको आज बिहान ८ बजेसम्मको तथ्याङ्क अनुसार बागमती, कोशी र लुम्बिनी प्रदेशका थुप्रै सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन् ।

काठमाडौँको चन्द्रागिरी नगरपालिका–९ देउराली देवीस्थान नजिकै सतुङ्गल–चित्लाङ सडक खण्डमा पहिरो गएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सो स्थानमा मर्मत कार्य जारी रहेकाले बाटो करिब एक महिनासम्म बन्द रहने जनाइएको छ ।

यस्तै, काभ्रेपलाञ्चोक जिल्ला भएर जाने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा बाढीको उच्च जोखिम रहेकाले सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

कोशी प्रदेशका विभिन्न जिल्लामा पनि सडक अवरोध देखिएको छ । पाँचथरको याङवरक गाउँपालिका(२ दोभान स्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ ।

यद्यपि, केही स्थानमा भने यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण प्रभावित मध्य पहाडी लोकमार्ग वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी सुचारु गरिएको छ ।

त्यसैगरी, संखुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरोका कारण अवरुद्ध कोशी राजमार्ग पनि अहिले एकतर्फी रूपमा सञ्चालनमा छ ।

रोल्पामा पनि पहिरोले क्षति पुर्‍याएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–१ बाङ्गा स्थित घोराही९थवाङ सहिद राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक विभाग र सुरक्षा निकायहरूले अवरुद्ध सडकहरू खुलाउने प्रयास गरिरहेका छन् । वर्षा जारी रहेकाले यात्रा गर्नुअघि सम्बन्धित जिल्ला प्रशासन वा प्रहरी कार्यालयमा सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रकाशित: २१ जेठ २०८३ ९:३९ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast