मधेश, कोशी, बागमती र गण्डकीमा तातो दिन हुने, सचेत रहन आग्रह

हिमाल प्रेस २१ जेठ २०८३ ६:२० | Thursday, June 4, 2026
6
SHARES
मधेश, कोशी, बागमती र गण्डकीमा तातो दिन हुने, सचेत रहन आग्रह फाइल तस्बिर

काठमाडौँ- हाल नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल, बाँकी पहाडी भूभागमा आंशिक बादल र तराई भूभागमा मुख्यतया मौसम सफा रहेको छ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको छ।

आज राति कोशी र मधेश प्रदेश लगायत देशको हिमाली भूभागमा साधरणतया बादल, पहाडी भूभागमा आंशिक बादल र बाँकी तराई भूभागमा मुख्यतया सफा रहने छ। कोशी र मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित: २१ जेठ २०८३ ६:२० | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast