यी सडक छन् पूर्णरूपमा अवरुद्ध

हिमाल प्रेस २० जेठ २०८३ ९:३८ | Wednesday, June 3, 2026
4
SHARES
यी सडक छन् पूर्णरूपमा अवरुद्ध

काठमाडौँ- बाढी पहिरोको जोखिम बढेपछि काठमाडौँको सतुंगल चित्लाङसहित तीन सडक पूर्णरूपमा अवरुद्ध भएका छन्। दुई सडकमा एकतर्फी गाडी सञ्चालन भइरहेका प्रहरीले जनाएको छ।

पूर्वी तराई र पहाडी भूगोललाई राजधानी काठमाडौँसँग जोड्ने बीपी राजमार्गमा पनि सवारी सञ्चालनमा रोक लगाइएको छ। काठमाडौँको चन्द्रागिरि नगरपालिका ९ देउरालीमा सडक मर्मत कार्य जारी रहेकाले सतुंगल चित्लाङ सडक अहिले बन्द छ। यो सडक एक महिना नै बन्द रहने प्रहरीले जनाएको छ।

बाढीको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिका २ दोभानमा पनि मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। सडक मर्मतको काम चलेकाले कुलेखानी फाखेल हुमाने सडकमा पनि अहिले गाडी चलेका छैनन्। यो सडक पनि एक महिना नै बन्द रहने प्रहरीले जनाएको छ।

त्यसैगरी बाढीको जोखिम बढेपछि संखुवासभामा मध्यपहाडी राजमार्गमा अहिले एकतर्फी गाडी चलेका छन्।

हेर्नुहोस् अवरुद्ध र एकतर्फी सडकको सूची

प्रकाशित: २० जेठ २०८३ ९:३८ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast