आईपीएलको उपाधि भिडन्त आज : आरसीबीले दोहोर्‍याउला कि गुजरातले उचाल्ला?

हिमाल प्रेस १७ जेठ २०८३ ८:१३ | Sunday, May 31, 2026
4
SHARES
आईपीएलको उपाधि भिडन्त आज : आरसीबीले दोहोर्‍याउला कि गुजरातले उचाल्ला?

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज हुँदैछ । फाइनलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र गुजरात टाइटन्स (जिटी) बीच प्रतिस्पर्धा हुँदैछ ।

फाइनल खेल नेपाली समय अनुसार आइतबार साँझ ७ : ४५ मा सुरु हुँदैछ । यो खेल अहमदाबाद मैदानमा हुनेछ । पहिलो क्वालिफायरमा पराजित भएको जिटी दोस्रो क्वालिफायरमा विजयी हुँदै फाइनल पुगेको हो । दोस्रो क्वालिफायरमा राजस्थन रोयल्सलाई सात विकेटले हराउँदै जिटी फाइनल पुगेको हो ।

आरसिबी समूह चरणका १४ खेलमध्ये ९ जित निकाल्दै १८ अंकका साथ शीर्ष स्थानमा कायम रहँदै पहिलो क्वालिफायरमा विजयी भएर फाइनल पुगेको टिम हो ।

आरसिबी लगातार आईपीएलको उपाधि रक्षा गर्न चाहन्छ भने जिटी पहिलो क्वाफिायरका बदला लिँदै उपाधि उचाल्न चाहन्छ ।

 

प्रकाशित: १७ जेठ २०८३ ८:१३ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast