एमाले प्रचार विभागमा निरज, प्रेस चौतारीको इन्चार्जमा रामकुमारी झाँक्री

हिमाल प्रेस १६ जेठ २०८३ ७:१५ | Saturday, May 30, 2026
12
SHARES
एमाले प्रचार विभागमा निरज, प्रेस चौतारीको इन्चार्जमा रामकुमारी झाँक्री

काठमाडौँ- नेकपा एमालेले प्रचार विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य निरज आचार्यलाई दिएको छ । पार्टीको प्रचार फाँटसम्वद्ध जनसंगठन प्रेस चौतारी नेपालको इञ्चार्जमा अर्की केन्द्रीय सदस्य रामकुमारी झाँक्री तोकिएकी छन् ।

जेठ ४ गते सुरु भई १० गते समापन भएको सचिवालय बैठकको निर्णयले उनीहरुले त्यस्तो जिम्मेवारी पाएका हुन् । शुक्रबार जारी भएको ४६ पृष्ठको अन्तर पार्टी निर्देशन (अपानि) मा यो कुरा उल्लेख छ ।

प्रचार प्रमुख तोकिएका आचार्य यसअघि निर्वाचन विभाग प्रमुख थिए । झाँक्री विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट पार्टी काममा सक्रिय भएकी हुन्।

प्रकाशित: १६ जेठ २०८३ ७:१५ | Saturday, May 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast