अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै। तस्बिर : रासस
काठमाडौँ- गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा सहभागी गराउन कानुन परिमार्जन गरिने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्।
उनले भने, ‘गैरआवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानीको स्वीकृति, लगानीको लेखांकन, नाफा फिर्ता र पुँजीगत लाभकरसम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गरिनेछ।’
प्रकाशित: १५ जेठ २०८३ १६:४३ | Friday, May 29, 2026
प्रतिक्रिया




