बजेट : करका दरमा व्यापक हेरफेर, १० लाखसम्मको व्यक्तिगत आयमा कर छुट

हिमाल प्रेस १५ जेठ २०८३ १६:३१ | Friday, May 29, 2026
24
SHARES
बजेट : करका दरमा व्यापक हेरफेर, १० लाखसम्मको व्यक्तिगत आयमा कर छुट

काठमाडौँ- जेनजी आन्दोलन पछि सरकारले आफ्नो पहिलो बजेट सार्वजनिक गरेको छ। शुक्रबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को आयव्यय विवरण प्रस्तुत गरे। उनले १० लाख रुपैयाँसम्मको व्यक्तिगत आयमा कर छुटको व्यवस्था गरिएको घोषणा गरेका छन्।

अर्थमन्त्री वाग्लेले यसअघि ठूलो बजेटको विरोध गर्थे। उनले स्रोत समितिले निर्धारण गरेको सीमाभन्दा माथि गएर आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरे।

सरकारले आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा निजी क्षेत्रको मनोबल उकास्ने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ।

अर्थमन्त्री वाग्लेले कर प्रणालीमा व्यापक सुधार गरिएको उल्लेख गरे। उनका अनुसार कर प्रशासनलाई सरल, पारदर्शी र लगानीमैत्री बनाउने उद्देश्यले विभिन्न नीतिगत व्यवस्था समावेश गरिएको छ।

उनले मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बनेको दाबी गर्दै राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको बताएका छन्।

अर्थमन्त्री वाग्लेले प्रस्तुत गरेको बजेटमा कर छुट, लगानी प्रोत्साहन, पूर्वाधार विकास, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

प्रकाशित: १५ जेठ २०८३ १६:३१ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast