दाङको राजपुरमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविर, करिब ५ सय स्थानीय लाभान्वित

हिमाल प्रेस १४ जेठ २०८३ ११:०५ | Thursday, May 28, 2026
8
SHARES
दाङको राजपुरमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविर, करिब ५ सय स्थानीय लाभान्वित

काठमाडौँ- नेपाली सेनाको ज्वालादल गणले नं. १९ फि.ए. गुल्म, स्थानीय पालिका तथा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा दाङको राजपुर गाउँपालिका-२ मा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

शिविरबाट करिब पाँच सय स्थानीय बासिन्दाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरमा विभिन्न रोगको परीक्षण, परामर्श तथा आवश्यक औषधी वितरण गरिएको नेपाली सेनाले जनाएको छ।

शिविरमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोलीले बिरामीहरूको स्वास्थ्य परीक्षण गरी उपचार सेवा प्रदान गरेको थियो। स्वास्थ्य सचेतना अभिवृद्धिका लागि आवश्यक परामर्शसमेत दिइएको बताइएको छ।

स्थानीय बासिन्दाले आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरेका छन्। नेपाली सेनाले यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

प्रकाशित: १४ जेठ २०८३ ११:०५ | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast