प्रतीकात्मक तस्बिर।
काठमाडौँ- प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने एक युवक पक्राउ परेका छन्।
नक्कली प्रहरी बनेर समाजमा डर त्रास देखाउँदै हिँड्ने रामेछापको लिखु गाउँपालिका–३ का ३४ वर्षीय आशिष सुनुवार बुधबार काठमाडौँ महानगरपालिका ७ गौरीघाट पक्राउ परेका हुन्।
चाबहिललगायत स्थानमा केही समयदेखि आफू केन्द्रीय अनुसन्धान ब्युरोको सहायक हबलदार हुँ भन्दै होटल व्यवसायी तथा सर्वसाधारणलाई धम्क्याउँदै हिँडेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँ प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए। रासस
प्रकाशित: १४ जेठ २०८३ ६:५८ | Thursday, May 28, 2026
प्रतिक्रिया




