जापानद्वारा जाजरकोटको भेरी त्रिवेणी मावि भवन हस्तान्तरण

हिमाल प्रेस १३ जेठ २०८३ २१:४३ | Wednesday, May 27, 2026
जापानद्वारा जाजरकोटको भेरी त्रिवेणी मावि भवन हस्तान्तरण

काठमाडौँ- जपान सरकारको आर्थिक सहयोगमा जाजरकोटस्थित भेरी त्रिवेणी माविको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ।

बुधबार आयोजित एक समारोहका बीच नेपालका लागि जापानी राजदूतावासका उपनियोग प्रमुख सिन्तो यासुहारुले विद्यालय भवन हस्तान्तरण गरेका हुन्।

जापान सरकारको ‘ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्स’ अन्तर्गत विद्यालयका लागि कक्षाकोठा पुनर्निर्माण आयोजनाका लागि जापानले करिब १ लाख ७० हजार १५९ अमेरिकी डलर अनुदान सहयोग उपलब्ध गराएको थियो।

उपनियोग प्रमुख सिन्तोले नयाँ भवनको निर्माणसँगै अब विद्यार्थीहरूले सुरक्षित र उपयुक्त वातावरणमा अध्ययन गर्न पाउने विश्वास व्यक्त गरे।

तीन वर्षअघि गएको विनाशकारी भूकम्पका कारण विद्यालयको पुरानो भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो।

प्रकाशित: १३ जेठ २०८३ २१:४३ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast