नेपाली दूतावासले जापानको फुकुओका र गुन्मामा राहदानी घुम्ती शिविर सञ्चालन गर्ने

हिमाल प्रेस १३ जेठ २०८३ २१:२९ | Wednesday, May 27, 2026
8
SHARES
नेपाली दूतावासले जापानको फुकुओका र गुन्मामा राहदानी घुम्ती शिविर सञ्चालन गर्ने

काठमाडौँ- जापानमा रहेका नेपाली नागरिकलाई घरदैलोमा सेवा प्रदान गर्ने उद्देश्यले टोकियोस्थित नेपाली दूतावासले विशेष घुम्ती शिविर सञ्चालन गर्ने भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान तथा स्थानीय क्षेत्रीय समितिको सहकार्यमा क्युसु क्षेत्रको फुकुओका र गुन्मा क्षेत्रमा यो शिविर आयोजना गर्न लागिएको हो।

दूतावासले जारी गरेको विज्ञप्तिअनुसार फुकुओकामा आगामी जुन ५, ६ र ७ तारिख गरी तीन दिनसम्म शिविर चल्नेछ भने गुन्मा क्षेत्रमा जुन १४ तारिखकमा एकदिने शिविर सञ्चालन हुनेछ।

घुम्ती शिविरमार्फत दूतावासबाट प्रदान गरिने विद्युतीय राहदानी नवीकरणका लागि लाइभ एनरोलमेन्ट नयाँ आवेदन तथा नवीकरण, यात्रा अनुमतिपत्र, अधिकृत वारेशनामा, कागजात प्रमाणीकरण, जन्मदर्तालगायतका कार्यहरू गरिने दूतावासले जनाएको छ।

फुकुओका शिविरबाट करिब १५ सय र गुन्मा शिविरबाट करिब ५ सय गरी कुल दुई हजारभन्दा बढी सेवाग्रहीले सेवा लिने अपेक्षा दूतावासले गरेको छ।

दूतावासले जनाएअनुसार शिविरमा दिइएका आवदेनहरू प्रक्रिया पूरा भई तयार भएर आएपछि सेवाग्रहीकै ठेगनामा हुलाक वा कुरियरमार्फत पठाउने व्यवस्था मिलाइएको छ।

दूतावासले सेवाग्रहीलाई नेपाल सरकार र नेपाली राजदूतावासले तोकेको आधिकारिक राजस्वबाहेक अन्य कतै पनि कुनै अतिरिक्त रकम नबुझाउन अनुरोध गरेको छ।

प्रकाशित: १३ जेठ २०८३ २१:२९ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast