आईपीएल : साविक विजेता आरसीबी फाइनलमा, गुजरातलाई दोस्रो अवसर

हिमाल प्रेस १३ जेठ २०८३ ६:५८ | Wednesday, May 27, 2026
6
SHARES
आईपीएल : साविक विजेता आरसीबी फाइनलमा, गुजरातलाई दोस्रो अवसर

काठमाडौँ- साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसीबी आईपीएलको फाइनलमा पुगेको हो।

पराजित गुजरातसामु फाइनल पुग्ने दोस्रो मौका छ। गुजरातले अब दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ। एलिमिनेटर खेलमा आज (बुधबार) राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद खेल्नेछन्। आरसीबीले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको गुजरात ३ बल अगावै १ सय ६२ रनमा समेटियो।

गुजरातका लागि राहुल तेवाटियाले सर्वाधिक ६८ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्। उनले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दा भुवनेश्वर कुमारको बलमा क्याच आउट हुन पुगे। जस बटलरले २९ र ओपनर साइ सुदर्शनले १४ रन बनाए।

अन्य ब्याटर आरसीबीका बलरसामु निरीह बन्दा दोहोरो अंकको स्कोर छुन सकेनन्। गुजरातलाई कम स्कोरमा रोक्न आरसीबीका लागि जाकोब डफीले ३ विकेट लिए। भुवनेश्वर कुमार, रनसिक सलाम र क्रुनाल पाण्ड्याले समान २ विकेट लिए।

जस हेजरवुडले एक विकेट आफ्नो नाममा गरे। त्यसअघि धर्मशालाको हिमाञ्चल प्रदेश क्रिकेट एसोसियसन स्टेडियममा गुजरातले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५४ रनको योगफल तयार पारेको थियो। आक्रामक पारी खेलेका आरसीबीका कप्तान रजत पाटिदार ९३ रनमा अविजित रहे। उनले ३३ बलमा ५ चौका र ९ छक्का प्रहार गर्दै नटआउट रहे।

विराट कोहली र क्रुनाल पाण्ड्याले समान ४३ रन थपे। देवदत्त पाडीक्कल ३० रन बनाए। गुजरातका कागिसो रवाडा र जेसन होल्डरले समान २ विकेट लिए। प्रसिद कृष्णले एक विकेट लिए।

प्रकाशित: १३ जेठ २०८३ ६:५८ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast