शिक्षकको व्यक्तिगत विवरण लगइनमा किताबखानाले के भन्यो?

हिमाल प्रेस १२ जेठ २०८३ १७:३२ | Tuesday, May 26, 2026
28
SHARES
शिक्षकको व्यक्तिगत विवरण लगइनमा किताबखानाले के भन्यो?

काठमाडौँ- राष्ट्रिय किताबखाना (शिक्षक) ले शिक्षकहरूको व्यक्तिगत विवरण तथा लगइन (Log In) सम्बन्धी सूचना अनधिकृत रूपमा सामाजिक सञ्जाल तथा अन्य सञ्चार माध्यममा प्रसारण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको राष्ट्रिय किताबखाना (शिक्षक) ले एक सूचना जारी गर्दै किताबखानाको अनलाइन सफ्टवेयर प्रणाली स्तरोन्नति (Upgrade) को प्रक्रियामा रहेकाले शिक्षकहरूको लगइन विवरण सम्बन्धी सूचनाको दुरुपयोग नगर्न आग्रह गरेको हो।

किताबखानाका अनुसार हाल मोबाइल नम्बरको सन्देश (Message Box) मार्फत User ID र Password प्राप्त गरेका शिक्षकहरूले मात्र app.stro.gov.np मा लगइन गर्न सक्नेछन्। शिक्षकहरूले आफ्नो विवरण प्रणालीमा हेरेपछि कुनै त्रुटि वा फरक विवरण देखिएमा त्यसलाई पुष्टि गर्ने कागजात इमेल वा अन्य माध्यमबाट कार्यालयमा पठाउन सक्ने व्यवस्था गरिएको छ।

किताबखानाले शिक्षकहरूको व्यक्तिगत विवरण र लगइनसम्बन्धी जानकारी आफूहरूको अनुमति बिना सार्वजनिक वा प्रसारण नगर्न आग्रह गर्दै अन्य शिक्षकहरूको विवरण भने अद्यावधिक भइसकेको जनाएको छ।

सूचनामा शिक्षकहरूलाई प्राप्त भएको युजर आईडी र पासवर्ड गोप्य राख्न तथा आधिकारिक माध्यमबाट मात्र प्रणाली प्रयोग गर्न अनुरोध गरिएको छ। किताबखानाले अनलाइन प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले सफ्टवेयर स्तरोन्नतिको कार्य जारी रहेको जनाएको छ।

प्रकाशित: १२ जेठ २०८३ १७:३२ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast