किसानलाई क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गर्ने तयारी

हिमाल प्रेस १२ जेठ २०८३ १७:०६ | Tuesday, May 26, 2026
8
SHARES
किसानलाई क्षेत्रफलका आधारमा रासायनिक मल वितरण गर्ने तयारी

काठमाडौँ- कृषि, वन तथा पर्यावरण मन्त्रालयले किसानलाई वैज्ञानिक आधारमा रासायनिक मल वितरण गर्ने भएको छ। मन्त्रालयले धान खेती गर्ने कृषकलाई रासायनिक मल अभाव हुन नदिन उनीहरूको खेती गर्ने जमिनको क्षेत्रफल तथा उत्पादनको अनुपातमा मल उपलब्ध गराउन लागेको हो।

करिब एक लाख ४५ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको जनाइएको छ । धान खेतीलाई दृष्टिगत गरी युरिया र डिएपी गरी ४० हजार मेट्रिकटन मल छिट्टै आयात गरिने प्रकृया अघि बढाइएको मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले जानकारी दिए। किसानलाई मल बिक्री गर्दा डिपोमार्फत वैज्ञानिक आधारमा वितरण गरिने छ।

देशभर गत वैशाख ३० गतेसम्म रासायनिक मल करिब एक लाख ४५ हजार मेट्रिकटन मलको मौज्दात रहेको तथा सडक मार्ग भएर चार हजार ५८५ मेट्रिकटन मल आउने क्रममा रहेको जनाइएको छ।

कृषि सामग्री कम्पनी तथा साल्ट ट्रेडिङ कर्पोरेशनका विभिन्न डिपोमा मौज्दात रहेको मल आपूर्तिलाई सहज तथा वितरण व्यवस्थालाई प्रभावकारी बनाउन आधिकारिक डिपोहरूबाट मात्र मल खरिद गर्न कृषकलाई आग्रह गरिएको छ।

सरकारले चालू आर्थिक वर्षमा छ लाख मेट्रिकटन मल ल्याउने लक्ष्य राखेको त्यसका लागि २८ अर्ब ८२ करोड १४ लाख रूपैयाँ विनियोजन गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

चालू आर्थिक वर्षमा हालसम्म रासायनिक मल चार लाख ९१ हजार ३०० मेट्रिकटन टेण्डर गरिएको मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको उत्पादन लागत वृद्धि भएकाले मलको मूल्य बढेको छ।

सरकारले गुणस्तरहीन वा कमसल मलको कारोबार तथा कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानुनअनुसार कारवाही गर्ने जनाएको मन्त्रालयले आधिकारिक डिपोबाट गुणस्तर परीक्षण गरेर मात्र मल खरिद गर्न भनेको छ।

प्रकाशित: १२ जेठ २०८३ १७:०६ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast