संक्रमणकालीन न्यायको विषयलाई निष्कर्षमा पुर्‍याउन सरकार गम्भीर छ : गौतम

हिमाल प्रेस ११ जेठ २०८३ १७:५४ | Monday, May 25, 2026
12
SHARES
संक्रमणकालीन न्यायको विषयलाई निष्कर्षमा पुर्‍याउन सरकार गम्भीर छ : गौतम कानून, न्याय तथा संसदीयमामिलामन्त्री सोविता गौतम

काठमाडौँ- कानून, न्याय तथा संसदीयमामिलामन्त्री सोविता गौतमले संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई निष्कर्षमा पुर्‍याउन सरकार गम्भीर रहेको बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा मन्त्री गौतमले आवश्यक वित्तीय व्यवस्थापन रणनीति तथा कार्ययोजनाका साथ संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई निष्कर्षमा पुर्‍याउन सरकार गम्भीर रहेको बताएकी हुन्।

संक्रमणकालीन न्यायलाई टुङ्याउन धेरै लागेकाले अब त्यसम्बन्धी भएका कामकारबाही दस्तावेजलाई अभिलेखीकरण गर्ने काम भइरहेको उनले बताइन्। मन्त्री गौतमले संक्रमणकालीन न्यायसम्बन्धी आयोगका दुवै कार्यालयहरुको व्यवस्थापनलाई प्रभावकारी बनाउने काम अन्तिम चरणमा पुगेको धारणा राखिन्।

मन्त्री गौतमले संक्रमणकालीन न्यायको विगत, वर्तमान अवस्था तथा आगामी कार्यदिशालाई स्पष्ट रूपमा परिभाषित गर्ने उद्देश्यले विस्तृत पोजिसन पेपर तयार गरिने समेत जानकारी दिइन्।

मन्त्री गौतमले डिजिटल न्याय प्रणालीको सुदृढीकरण, वित्तीय अपराध तथा भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी व्यवस्था गर्ने उदेश्यका साथ अघि बढिरहेको बताइन्।

प्रकाशित: ११ जेठ २०८३ १७:५४ | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast